नियम २७
मुद्दाको कागजात सहित प्रस्ताव पठाउने
(१) यस परिच्छेद बमोजिम पुनरावेदन वा निवेदन गर्ने वा नगर्ने प्रस्ताव पठाउँदा अदालत वा न्यायिक निकायको निर्णय एवं मिसिल संलग्न कागजात समेत राखी पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पुनरावेदन गर्ने, नगर्ने वा निवेदन गर्ने वा नगर्ने प्रस्ताव पठाउँदा सो गर्नु पर्ने वा गर्नु नपर्ने आधार र कारण स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।